कविता "चेलिको आग्रह "
मेरो खुसिको सङ्गम बिन्दुएक माइती
रोदनमा हासोको उपहार टक्र्याइदिने मेरो भग्य स्तम्भ
यहाँ तिमिले दिएका हासोका लहर मरुभूमि बनिसके
तिम्रो स्नेहको मधुर सब्द कर्णमा बिलिसके !!
घर माथिको चुच्छे ढुङ्गो तिम्रो अभावमा छट्पटाउदै छ
आमाका दुई नयनले तिमिलाई क्षितिजमा घुमाउदै छन्
तिम्रा सङ्गीहरु बिदाइको दृश्य स्मरण गर्दै छन् ति
हृदयकी देवि ममताबिहिन श्वास फेर्दै छन्
सुन त;खै के गर्नु बुबा रोगको सिकार बन्नुभएको छ
सायद तिम्रो प्रेमको पुष्प हृदयले होला छ्ट्पटाइ रहनुभएको छ
हो माइती ;
यो रोदनको सागरमा
बिछोडको पथहरुमा
एउटा नवीन लाली छर्कन
हे माइती तिमी चाडै फर्क
थाहा छ तिमिलाइ
यो तिमी गएपछिको आठौ तीज र तिहार
म तिम्रो छेउमा बसेर दर खान चाहान्छु
यी पर्व आगनमा रंगीचंगी फुल सङ उदाएका छ्न
मैले तिम्रो निधारमा टीका लगाउन:
आनन्दको स्वास फेर्न
फुलको माला उनी बस्ने छु
टीका मुछी राख्ने छु
तर टीका मुछेको ठाउमा नसुकोस
फुलको माला आसुले भिजाउनु नपरोस
सबैको खुसी बन्न
तिमिले यी पर्बमा आउनै पर्छ
यो अवला चेलीको सन्देस तिमिलाइ
त्यसैले भन्छु यो पुस्पान्जलीको साथमा
फर्के हे मेरो माइती तिमी चाडैं फर्क !!!!!!
©बिप्लव अदृश्य ताप्लेजुङ
हाल मलाया लाहुर
